कास्कीमा कांग्रेसले माग्यो देउवासँग मन्त्री र संसद्मा भाग
कास्कीमा कांग्रेसले माग्यो देउवासँग मन्त्री र संसद्मा भाग
पोखरा । नेपाली कांग्रेस कास्कीले विभिन्न लाभको पदमा आफ्नो भाग खोजेको छ । सोमबार भएको जिल्ला सम्मेलनका क्रममा नेताहरूले कास्कीलाई भाग नदिइएकोमा गुनासो गरेका हुन् ।
उपसभापति युवराज कुँवरले मञ्चबाटै केन्द्रीय समितिबाट कास्की कांग्रेसलाई अन्याय भएको गुनासो गरे । प्रदेशको मन्त्रिपरिषद् र राष्ट्रियसभा सदस्यको टिकट वितरणमा कास्कीलाई छुटाइएको उनको आरोप थियो ।
प्रदेश मन्त्रिपरिषदमा कास्कीबाट एकजना पनि मन्त्री बनाइएको छैन । 'राष्ट्रियसभामा टिकट किन दिइएन ? उनले प्रश्न गरे, आगामी दिनमा यस्तो नहोस् ।' कुँवरले जिल्लाका नेताहरू एकले अर्कालाई अवसरबाट वञ्चित गराउन लागेको भन्दै सुध्रिन सुझावसमेत दिए ।