images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

राष्ट्रिय सभा निर्वाचन :कर्णालीमा सकियो मतदान

राष्ट्रिय सभा निर्वाचन :कर्णालीमा सकियो मतदान

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
  • राष्ट्रिय सभा निर्वाचन :कर्णालीमा सकियो मतदान

    वीरेन्द्रनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १ सय ९६ जना मतदाता छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशतर्फ ४० र स्थानीय तहतर्फ १५६ जनाले भोट हालेका छन् । बिहान ९ बजेदेखि सुरु भएको मतदानको अवधि ३ बजेसम्मका लागि तोकिए पनि त्यसअघि नै सबै मतदाताले भोट हालेका हुन् । कर्णालीमा स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी १५८ जना भए पनि २ जनाको मृत्यु भएका कारण १५६ जना मतदाता थिए ।

    images
    images
    images

    दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्ष अगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । मृतक दुवै जना नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित भएका थिए ।

    राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो । कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

    गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णुबहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दिएका छन् । त्यस्तै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् । सत्तारुढ गठबन्धनको पक्षमा ३ हजार ७ सय ७९ र एमालेको मतभार १ हजार १ सय ९५ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार