images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ २८ २०८०
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा सुरु हुने बैठक दुई दिन चल्ने छ।

    images
    images
    images

    माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय कमिटीको बैठकको पहिलो दिन जनतासँग माओवादी विशेष अभियानको समिक्षा र दोस्रो दिन विधानका बारेमा छलफल हुने जानकारी दिए।

    बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा बैठकमा छलफल हुनेछ। बैठकमा समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुनेछ । माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ।   

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार