Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ४ २०८०
  • रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो ।

    images
    images
    images

    यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेको भूकम्पविद्हरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट