Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

बिआरआईबारे कांग्रेसको धारणा - ऋण लिन सकिँदैन

बिआरआईबारे कांग्रेसको धारणा - ऋण लिन सकिँदैन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ७ २०८१
  • बिआरआईबारे कांग्रेसको धारणा - ऋण लिन सकिँदैन

    काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले अब चीनसँग ऋण नलिने र अनुदानकै प्रतिवद्धता कार्यान्वयनमा जानुपर्ने स्पष्ट पारेको छ । नेपाली कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफलपछि प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने बताएका हुन् ।

    images
    images
    images

    ‘बीआरआईका विषयमा कांग्रेस दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, उनले भने, ‘अब चाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्‍यो, अनुदानमै धेरै प्रतिवद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो ।’

    डा महतले अगाडि भने, ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ ? अहिले फेरि ऋणको भार पनि बढिरहेको छ। त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानु हुन्न ।’

    चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने डा. महतले बताए । ‘बीआरआई फ्रेमवर्कको जुन कुरा भइराखेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरुखाले विषयवस्तुहरु एउटा प्लटमा जान खोजेको हो कि या के हो ? भन्नेचाहिँ हिसाबको कुरा हुनुपर्छ भन्ने हाम्रो कुरा हो’, उनले भने, ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋण चाहिँ लिन हुँदैन भन्ने हो ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट