संकट समाधान गर्न केपी ओली नेतृत्वमा सरकार बनेको हो : शंकर पोखरेल
संकट समाधान गर्न केपी ओली नेतृत्वमा सरकार बनेको हो : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको संकट समाधानका लागि अहिलेको सरकार बनेको बताएका छन् ।
अराजकताविरुद्ध पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले संकट समाधानको लागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको दाबी गरेका हुन् ।
नेपालको समस्या समाधानको लागि केपी ओली नेतृत्वमा सरकार बनेको हो । यो सरकारले संकटलाई समाधानतिर लिएर जानेछ,’ पोखरेलले भने, ‘हामी अलोकप्रिय र कमजोर भएका छैनौं ।
एमाले राष्ट्र र जनताको पक्षमा छ भन्ने सन्देश यो विशाल सभाले दिएको छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बदनाम गर्न खोजिएको भन्दै पोखरेलले कहिल्यै नाकाबन्दी नलाग्ने, लोडसेडिङ अन्त्य गर्ने, आर्थिक विकासको कामलाई अगाडि बढाउने काम एमालेले नै गरेको उनले बताए ।