Jan 24 2025 | २०८१, माघ ११ गते

images
images

रास्वपा उपसभापति एवं श्रममन्त्री डिपी अर्यालसमेत सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप

रास्वपा उपसभापति एवं श्रममन्त्री डिपी अर्यालसमेत सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २० २०८०
  • रास्वपा उपसभापति एवं श्रममन्त्री डिपी अर्यालसमेत सहकारी ठगीमा संलग्न रहेको कांग्रेसको आरोप

    काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँगै श्रममन्त्री डिपी अर्यालसमेत सहकारीको रकम ठगीमा संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेको छ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै आकस्मिक समय लिएर बोलेका कांग्रेस सांसद रामकृष्ण यादवले रास्वपा उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका डोलप्रसाद (डिपी) अर्यालसमेत सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाएका हुन्। सांसद यादवले रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीमाथि समेत छानबिनको माग गरे। तत्कालीन समयमा अर्याल उपाध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी रकम फिर्ता नपाएको उनले बताए। रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सोही सहकारीको संचालक रहेको बताए। 

    ‘केही दिनदेखि सहकारी ठगीको अर्को विषय बाहिर आएको छ । जसमा रास्वपाका नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल  हाम्रो नयाँ कृषि नयाँ सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी रकम फिर्ता नपाएको गुनासो आएको छ । अर्याल मात्र होइन, सो सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकारीको संचालक थिए,’ सांसद यादवले भने।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार