Sep 08 2024 | २०८१, भदौ २३ गते

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु, भारतीय टोली ६ दिनदेखि खोजीमा 

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु, भारतीय टोली ६ दिनदेखि खोजीमा 

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १२ २०८१
  • अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु, भारतीय टोली ६ दिनदेखि खोजीमा 

    काठमाडौँ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजी लागि भारतीय टोली आएको ६ दिन पुगेपनि २ बस र ३७ यात्रु अझै फेला परेका छैनन्।

    images
    images

    बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। तीमध्ये १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।

    ३७ जना अझै बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए।

    एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि नभएको सशस्त्र प्रहरी बलका डीएसपी शैलन्द्र थापाले बताए। केही उपलब्धि नलागेसँगै उद्धार टोली फर्किने या थप समय बस्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट