Sep 08 2024 | २०८१, भदौ २३ गते

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, साउन १२ २०८१
  • भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

    सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । 

    images
    images

    गत असारको पहिलो साताको बाढीपहिरोले इकुवा खोलाको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको हो ।  

    मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो । पुल बगाउँदा रु चार करोडको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । सो क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न समय लाग्ने देखिन्छ ।

    उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन् । पहिराले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पु-याएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट