images

May 17 2024 | २०८१, जेठ ४ गते

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २ २०८१
  • बागमती प्रदेशः विषयगत संसदीय समितिले नेतृत्व पाउँदै

    हेटौँडा । बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विषयगत संसदीय समितिको सभापति चयनको तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढवर्षमा दलहरुबीच सहमति भएपछि सभापति चयनको तयारी गरिएको हो । संसदीय समिति चयनको जिम्मेवारी सभामुखको भए पनि प्रदेशसभामा रहेका दलहरुबीच सहमति नहुँदा सभापति चयन हुन सकेको थिएन । 

    images
    images

    प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखासमिति, शिक्षा समिति, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छन् । हाल समितिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको छ । 

    प्रदेशसभाका पाँचवटा समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी कूल ९६ जना सांसदलाई समितिको सदस्य बनाइएको छ । जसअनुसार चार वटा समितिमा १९ जना र एउटा समितिमा २० सदस्य छन् । हालसम्म सञ्चालित बैठकहरुमा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिमा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले अध्यक्षता गरिरहेका छन् । 

    यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समितिमा कांग्रेसकी मीनाकुमारी पराजुली पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समितिमा कांग्रेसकी याङकिला शेर्पाले अध्यक्षता गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार