images

May 17 2024 | २०८१, जेठ ४ गते

हङकङलाई हराउदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

हङकङलाई हराउदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
  • हङकङलाई हराउदै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा

    काठमाडौँ । नेपाल एसिसी पुरुष प्रिमियर कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

    images
    images

    ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङ्कङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनमा पुगेको हो । 

    प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।  

    जितका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउदै पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे । 

     कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए । हङकङका इसान खान र यासिम मुरर्ताजले समान एक/एक विकेट लिए । 

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउदै एक सय १४ रनको योगफल बनाएको थियो । हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

    त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

    बलिङतर्फ नेपालका अभिनास बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र  दीपेन्द्रसिह ऐरीले समान दुई/दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार