Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार 

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार 

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
  • जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार 

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिको तयार गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    उनका अनुसार केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ। 

    जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ ।

    त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने उनले बताए। उम्मेदवारको नामावली नेपाली वर्णाणुक्रमअनुसार प्रकाशित बेलुकी ५ बजेसम्म र ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने कार्य हुने छ। जेठ २९ गते राति ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। 

    जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ। केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको लागि मतगणणा एकैपटक हुने उनले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट