Sep 20 2024 | २०८१, असोज ४ गते

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै 

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै 

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १० २०८१
  • सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै 

    काठमाडौँ । सहकारीबाट रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ। कार्यदलको बैठक आज बिहीबार दिउँसो ३ बजे बस्न लागेको हो।

    images
    images

    कार्यदलका संयोजक समेत रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्ने जानकारी दिए। 

    यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा बैठक निष्कर्षविहीन हुँदै आएका छन्। आजको बैठकमा सहमति जुट्न सक्ने अनुमान गरिएको छ। कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल छन्।

    प्रमुख प्रतिपक्ष दल कांग्रेसले कार्यदेशमा नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थाहरु संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ। कांग्रेसको उक्त अडानमा एमाले र रास्वपा भने सहमत भएका छैनन्।  संसदीय छानबिन समितिको विषय टुंगो नलाग्दा लामो समयदेखि संसदमा विरोध हुँदै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट