Sep 20 2024 | २०८१, असोज ४ गते

सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रुपमा देखियो : महामन्त्री शर्मा

सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रुपमा देखियो : महामन्त्री शर्मा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • सत्ता पक्ष ‘सहकारीबन्धु’ गठबन्धनको रुपमा देखियो : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनलाई ‘सहकारीबन्धु’ गठबन्धनको संज्ञा नै दिएका छन् ।

    images
    images

    शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले एमाले सहकारीमा साथ दिने र रास्वपा गिरीबन्धुमा साथ दिने गरी ‘सहकारीबन्धु’ गठबन्धन बनेको टिप्पणी गरेका हुन् ।

    उनले भने- ‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्‍यो भन्नु भएको थियो । यो सहकारीबन्धु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’

    उनले आजको बैठकमा सभामुखले प्रतिपक्षलाई बोल्न नदिएको आरोप समेत लगाए । उनले आज आफू बोल्ने सहमति भएको भए पनि सभामुखले बोल्न नदिएको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट