Sep 20 2024 | २०८१, असोज ४ गते

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे प्रचण्ड

देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे प्रचण्ड

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगे प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बूढानीलकण्ठमा छलफल भएको छ।  संसदमा भइरहेको गतिरोध हटाउन राजनीतिक सहमति गर्नका लागि प्रधानमन्त्री प्रचण्ड  बूढानीलकण्ठ गएर दउवासँग छलफल गरेका हुन्। 

    images
    images

    प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए। सो बैठक अघि कांग्रेस सभापति देउवा निजी निवासमा आन्तरिक छलफलमा जुटेका थिए। विगत केही समयदेखि प्रतिनिधि सभाको बैठकमा कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बैठक अवरोध गरिरहेको छ।  आज हुने संसद बैठकमा पनि आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची रहेको छ।

    साथै आजबाट कांग्रेसले सडकमा विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि छ। बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि देउवासँग छलफल गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट