Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही

सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्रबहादुर शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताएका छन् ।  
          
    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुको तर्फबाट धारणा राख्न अनुमति दिएपछि शाहीले सहकारीको अर्बौ रकम अपचलनमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्नेमा जोड दिए। प्रवक्ता शाहीले भने, “प्रतिपक्षमा बस्दा एउटा आवाज बोल्ने, सत्तामा पुगेपछि अर्कै आवाज बोल्ने गर्नु हुँदैन । त्यसैले सबैलाई समानरूपमा कानुन लागू हुनुपर्छ ।” 

    images
    images
    images

    उनले आफ्नो पार्टीका सांसद गीता बस्नेतको सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कारबाही प्रक्रिया अगाडि बढ्ने तर उप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी रकम अपचलनमा संलग्न रहेको भनिए पनि कारबाही किन नगर्ने भनी प्रश्न गरे । सांसद शाहीले सहकारीको रकम अपचलनमा संलग्नमाथि निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरे । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको विरोध र नाराबाजी जारी छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट