Sep 19 2024 | २०८१, असोज ३ गते

सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन

सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ । आज बसेको संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रहरणमा सरकारले गठन गर्न लागेको छानबिन समिति र त्यस्को टीओआरबारे हिजो भएको सहमतिलाई अनुमोदन गरेको छ ।

    images
    images

     कांग्रेस संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए। “सहकारी ठगीको छानबिनका लागि कार्यदलले गरेको सहमति कांग्रेसले अनुमोदन गरेको छ,” बैठकपछि लेखकले भने, “कार्यदलले संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्छ र आजै संसदीय छानबिन समिति गठन हुन्छ।”

    संसदीय छानबिन समितिको कार्यक्षेत्रबारे कार्यदलले सहमति गरेको छ। संसदीय छानबिन समितिले कसैलाई पनि नछोड्ने लेखकले बताए। “व्यक्ति विशेषको नाम नराखे पनि छानबिन समितिले सहकारीको रकम अपचलनमा संलग्न जोसुकैमाथि पनि छानबिन गर्ने तय भएपछि सहमति गरेका हौं,” लेखकले भने।

    संसदीय छानबिन समितिले समग्र सहकारीबारे कानूनी र संस्थागत प्रबन्धको अध्ययन गरी आवश्यक सुझाव दिने भएको छ। त्यस्तै, वचतकर्ताको रकम कसरी सुृरक्षित गर्ने र कसरी फिर्ता गर्ने भन्ने विषयमा पनि सुझाव दिनेछ।

    सहकारीको रकम निजी कम्पनीमा लगेको विषयमा पनि छानबिन हुनेछ। निजी कम्पनीमा रकम लग्दा संलग्न सबै व्यक्तिमाथि छानबिन हुने सहमति बनेको छ। “सहकारीको रकम निजी कम्पनीमा लग्दा संलग्न भएका व्यक्तिमाथि छानबिन हुनेछ र दोषीलाई कारबाहीका लागि सिफारिश गर्नेछ,” लेखकले भने, “सहकारीको रकम जहाँ पुगेको छ, त्यहाँसम्म समिति पुग्छ।”

    यो सुनिश्चित भएकाले कांग्रेसले सहमति जनाएको लेखकको भनाइ थियो। आजै अपराह्न ४ बजेसम्म प्रतिनिधि सभाको बैठकमा संसदीय छानबिन समिति गठन हुने सहमति भएको लेखकले बताए।

    यसको टुंगो कार्यदलले नै लगाउनेछ। त्यसका लागि केहीबेरमा कार्यदलको बैठक बस्न लागेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट