Sep 08 2024 | २०८१, भदौ २३ गते

१० हजार करोडको गिरीबन्धु काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

१० हजार करोडको गिरीबन्धु काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • १० हजार करोडको गिरीबन्धु काण्ड नलुकाउन ओलीलाई बालेनको चेतावनी

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पीडितको बिना फिर्ता गर्न चेतावनी दिएका छन् । उनले कोहि नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन चेतावनी दिएका छन् । 

    images
    images

    बालेनले समाजिक सञ्जालमा लेखेका छन्,

    १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू । झापा गिरीबन्धुमा बैना लिनेहरूलाई 'दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं' भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट