images

Jun 26 2024 | २०८१, असार १२ गते

विश्वकप क्रिकेट : ओमानविरुद्धको खेलमा नामिबिया विजयी

विश्वकप क्रिकेट : ओमानविरुद्धको खेलमा नामिबिया विजयी

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • विश्वकप क्रिकेट : ओमानविरुद्धको खेलमा नामिबिया विजयी

    काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ ।

    images
    images

    बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियोभने ओमान १० रनमा सीमित रह्यो । 

    त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै निकोलस डेभिडले ३१ बलमा २ चौका र एक छक्का प्रहार गरी २४ रन जोडे । कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन बनाए । 

    बलिङतर्फ ओमानका मेहरान खानले तीन विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले समान एक(एक विकेट लिएका थिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय नौ  रन बनाएको थियो । ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिएका थिए । 

    प्रतियोगितामा ओमानका लागि खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५ तथा शकील अहमदले ११ रन बनाए । नामिबियाका रुबिन ट्रम्पलम्यानले चार विकेट लिए भने डेभिड विसले तीन विकेट लिए । त्यस्तै जेराल्ड इरास्मसले दुई तथा बर्नार्ड स्कोल्जले एक विकेट लिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार