images

Jun 29 2024 | २०८१, असार १५ गते

विश्वकप क्रिकेट-अफगानिस्तान सेमिफाइनलमा

विश्वकप क्रिकेट-अफगानिस्तान सेमिफाइनलमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
  • विश्वकप क्रिकेट-अफगानिस्तान सेमिफाइनलमा

    काठमाडौँ । अफगानिस्तान आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टको किङ्सटाउन मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई डकवर्थ एण्ड लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । 

    images
    images

    यसखेलसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको समीकरण पूरा भएको छ । सुपर आठको पहिलो समूहबाट भारत शीर्ष र अफगानिस्तान दोस्रो स्थानमा रहदै सेमिफाइनल पुगेका छन् भने दोस्रो समूहबाट दक्षिण अफ्रिकाका शीर्ष र इङ्ग्ल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् । 

    आजको खेलमा अफगानिस्तानले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय पाँच रनमा समेटियो । बङ्गलादेशका ओपनर लिटन दासले ५४, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । 

    अफगानिस्तानका लागि कप्तान राशिद खान र नवीन उल हकले समान चार/चार विकेट लिए भने फजलहक फारुकी र गुलबदिन नाबीले समान एक/एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक ४३ रनको योगदान दिए भने कप्तान राशिद खानले १९ रन जोडे । त्यसैगरी इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० तथा करिम जन्नतले ७ रन बनाए । 

    बङ्गलादेशका लागि रिशाद होसैनले तीन विकेट लिँदा तस्किन अहमेद र मुस्ताफिर रहमानले समान एक/एक विकेट लिए ।

    सेमिफाइनलको पहिलो खेल यही असार १३ गते अफगानिस्तान र दक्षिण अफ्रिकाबीच नेपाली समयअनुसार विहान ६ः१५ बजे हुनेछ भने दोस्रो खेल सोही दिन राति ८ः१५ बजे भारत र इङ्ग्लयाण्डबीच हुनेछ आइसिसीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार