Sep 08 2024 | २०८१, भदौ २३ गते

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेट पछिल्ला समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताए ।

    images
    images

    उनले भने, ‘भेट कुनै एउटै एजेण्डा तय भएर भएको होइन । राष्ट्रिय मुद्दाहरुमा साझा सहमति बनाएर जानेबारे छलफल भएको हो ।’

    राष्ट्रिय राजनीतिमा देखिएका चुनौती, सदनलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने, सहकारी प्रकरणलगायतका विषयमा पनि शीर्ष तहमा छलफल भएको बुझिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गर्नुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए । भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट