images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

एमाले र माओवादीबीच खटपट सुरु भयो भन्ने कुरा गलत होः महेश बर्तौला 

एमाले र माओवादीबीच खटपट सुरु भयो भन्ने कुरा गलत होः महेश बर्तौला 

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • एमाले र माओवादीबीच खटपट सुरु भयो भन्ने कुरा गलत होः महेश बर्तौला 

    काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुको खटपट सुरु भयो भन्ने कुरा गलत भएको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्ने कुरामा सत्यता नरहेको स्पष्ट पारे।

    images
    images
    images

    उनले बजेटमा सत्ता पक्षका सांसदहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए। उनले बजेटप्रति एमालेको आक्रोश, नकारात्मक टिप्पणी र असन्तुष्टि नभई सुझावहरु मात्रै रहेको बताए।

    उनले भने, ‘यो छलफललाई सत्ता पक्षका मान्यज्यूहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त ठान्नेकुरालाई अस्वभाविक मान्नु भएन। हामीले यो बजेटमा अलिकति छलफल भएको भए हुन्थ्यो भन्ने अपेक्षा हो। तथापि यो बजेट जुन आएको छ, यो बजेटप्रति हाम्रो आक्रोश छैन, नकारात्मक टिप्पणी छैन, असन्तुष्टि, आलोचना छैन। यो बजेटप्रति हाम्रो केही सुझावहरु छ। छलफल गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने हो।

    राजनीतिक रुपमा हामी यसलाई मतदान गर्नेछौँ, सैद्धान्तिक रुमपा समर्थन गर्नेछौँ, व्यवहारिक रुपमा यो बजेट बोकेर हिँड्छौँ। त्यसैले छलफलको प्रक्रियामा हामी मान्यज्युलाई आफ्ना कुरा राख्ने कुरामा बिर्को लगाउनुस् भन्दैनौँ । खुला ढंगले गर्नुस् । यही सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारुढ दलहरुको बीचमा विशेष एमाले र माओवादीकैबीचमा खटपट सुरु भएको भन्ने होइन। मजबुत ढंगबाट यो सरकार अघि बढ्छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार