Sep 08 2024 | २०८१, भदौ २३ गते

देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेसले माग्यो सभामुखको रुलिङ

देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेसले माग्यो सभामुखको रुलिङ

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेसले माग्यो सभामुखको रुलिङ

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेका महामन्त्री गगन थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    images
    images

    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले सदनमा रहेको व्यक्तिले गोप्य सूचना बेच्छन् भनेर गृहमन्त्रीले लगाएको आरोप क्षम्य नभएको बताए । उनले गृहमन्त्रीले बोलेको कुरा प्रमाणीत गर्न सरकारलाई चुनौती दिएका छ्न ।

    उनले भने, ‘देशको गोप्य सूचना बेच्ने सांसद यही संसदमा छ भनेर केही दिनअघि गृहमन्त्रीले भन्नुभयो । सभामुखलाई नै साक्षी राखेर भन्नुभएको छ । यो गम्भीर कुरा हो । आन्तरिक मामलासँग मात्रै सम्बन्धित छैन । देशको सूचना बेच्ने सांसद यही सदनमा छ भनेर गृहमन्त्रीले नै भनेको कुरा गम्भीर हो । जनताले हेर्न चाहेका छन् को रहेछन् त्यो देशको सूचना बेच्ने सांसद यसको जानकारी चाहियो ।’

    उनले कहिले ? कहाँ ? कति मूल्यमा देशको सूचना बेचियो गृहमन्त्रीको स्पष्ट धारणा माग गर्दै रुलिङ गर्न माग गरे। गृहमन्त्रीको स्पष्ट जवाफ नआए कांग्रेसले यो विषयलाई त्यसै नछाड्ने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट