Sep 08 2024 | २०८१, भदौ २३ गते

गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन : विक्रम पाण्डे

गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन : विक्रम पाण्डे

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन : विक्रम पाण्डे

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।

    images
    images

    उनले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे । उनले बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे । उनले गणतन्त्रको विकल्प खोजेर अगाडि बढ्नुपर्ने बताए । यसो भए मात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाइ छ । 

    ‘राष्ट्रिय सहमतिका साथ आफूले गरेका गल्तीलाई स्वीकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडि बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौँ र किन नयाँ सोचका साथ हामी अगाडि बढ्दैनौँ,’ उनले भने । उनले बजेटमा उल्लेख गरिएका कुरा पूरा नहुने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट