images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

बानेश्वरमा संसदीय छानबिन विशेष समितिको बैठक सुरू, सभामुख पनि उपस्थित

बानेश्वरमा संसदीय छानबिन विशेष समितिको बैठक सुरू, सभामुख पनि उपस्थित

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • बानेश्वरमा संसदीय छानबिन विशेष समितिको बैठक सुरू, सभामुख पनि उपस्थित

    काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिको बैठक आज बसेको छ । समिति गठन भएको एक सातापछि नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बसिरहेको छ ।

    images
    images
    images

    दिउँसो २ बजेपछि शुरू भएको बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन् । सहकारीमा भएको रकम दुरुपयोगको विषयमा छानबिन गर्न १५ जेठमा संसदीय विशेष समिति बनेको थियो ।

    नागरिकको रकम दुरुपयोग भएका २९ वटा सहकारीको छानबिन गर्न समितिलाई तीन महिनाको समय दिइएको थियो । समितिको संयोजकमा एमालेका सूर्य थापा छन् ।

    एमालेकै सरिता भुसाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान पनि सदस्य छन् ।

    सिंहदरबारमा कार्यालय र कर्मचारीसहितको व्यवस्था भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट