images

Jul 27 2024 | २०८१, साउन १२ गते

५ मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्दै कानुनमन्त्री पदम गिरी 

५ मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्दै कानुनमन्त्री पदम गिरी 

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २४ २०८१
  • ५ मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्दै कानुनमन्त्री पदम गिरी 

    काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले ५ मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै छन् । बिहीबार मन्त्रालयमा केहि नेपाल ऐन संशोधन गर्ने विषयमा विषयगत रूपमा छलफल गर्न लागेको मन्त्री गिरीका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिएका छन् ।

    images

    सो अवसरमा मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिवहरूसँग पनि छलफल हुनेछ ।  सरकारले संसदमा दर्ता गर्न लागेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गर्न लागिएको हो ।

    मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डीपी अर्याल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, खानेपानी मन्त्री राजेन्द्र कुमार राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गर्दै छन् ।  मन्त्रीहरूसँगको छलफलपछि कानुन मन्त्रालयले संसदमा विधेयक दर्ताका लागि लैजाने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार