images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

८४ मा कांग्रेस एक्लै चुनाव लड्छ र बहुमतको सरकार बनाउँछ : विमलेन्द्र निधि 

८४ मा कांग्रेस एक्लै चुनाव लड्छ र बहुमतको सरकार बनाउँछ : विमलेन्द्र निधि 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
  • ८४ मा कांग्रेस एक्लै चुनाव लड्छ र बहुमतको सरकार बनाउँछ : विमलेन्द्र निधि 

    सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र वितृष्णा पैदा भएको बताएका छन् । पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको बताए।

    images
    images
    images

    आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।' उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए ।

    'विचार केन्द्रित राजनीति गर्न आवश्यक छ,' उनले भने, 'त्यसो गरेको खण्डमा समाधान हुन्छ।' पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ‌।

    यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गए पनि त्यो टिक्न नसकेको उनले बताए। पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ।

    निधि कर्णालीको जिल्लाहरूमा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न कर्णालीमा आएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार