images

Jul 27 2024 | २०८१, साउन १२ गते

बालेनलाई लक्षित ओलीको कटाक्ष - झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो

बालेनलाई लक्षित ओलीको कटाक्ष - झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २५ २०८१
  • बालेनलाई लक्षित ओलीको कटाक्ष - झिँगाले भैंसीको ढाडमा चार लात हाने जस्तो

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–इस्टेटबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । 

    images

    शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले झिँगाले भैँसीको ढाडमा लात्ती हानेँ भनेर मख्ख पर्ने भन्दै व्यंग गरेका हुन् ।  “भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, चार लात हानेँ यसपटक भनेर...,” ओलीले भने, “म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व जिम्मेवार सभ्य राजनीतिमा लानुपर्छ । असम्भ्य राजनीति होइन ।”

    गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले भत्काएको न्युरोडको सडक पिच गरेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार