images

Jul 27 2024 | २०८१, साउन १२ गते

अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ : माधव नेपाल 

अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ : माधव नेपाल 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ : माधव नेपाल 

    काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    images

    आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यसो भनेका हुन् । उनले संसद्को बजेट अधिवेशन सकिएपछि अध्यादेश ल्याएर आफ्नो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याउँदै सांसदहरूलाई जता पनि जान सक्ने गरि षडयन्त्र भएको बताए ।

    जसपा फुटाउने षडयन्त्रपछि दोश्रो तारो आफ्नो पार्टीलाई बनाइएको उनले बताए । अध्यक्ष नेपालले कम्युनिष्ट भनिएका नै कम्युनिष्टविरोधी भएको यथार्थलाई सबैले बुझ्नुपर्ने धारणा राखे ।

    कम्युनिष्ट आन्दोलनहरू विभाजन भयो भनेर विचलित नहुने भन्दै पुनर्गठित गर्दै नयाँ उचाइमा पुर्‍याउने उनले बताए ।

    अध्यक्ष नेपालले कम्युनिष्टका र देशभक्तले निरंकुशताविरोधी तथा परिवर्तन चाहने शक्तिलाई गोलबन्ध गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार