Sep 08 2024 | २०८१, भदौ २३ गते

ओलीले संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो : सांसद आलेमगर

ओलीले संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो : सांसद आलेमगर

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • ओलीले संसद विघटनको कुरा नकोट्याए हुन्थ्यो : सांसद आलेमगर

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद् विघटन गरेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

    images
    images

    सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्तासमिकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने धारणा राखेका हुन् ।

    सांसद आलेमगरले आफू समेत बस्ने साझा घर भत्काए जसरी ओलीले पार्टीमा झगडा भयो भनेर प्रतिनिधि सभा विघटन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नयाँ सत्ता समिकरणमा सामेल भएकाले कसैले पनि त्यो समिकरणमाथि आँच आउने खालको अभिव्यक्ति दिन नहुने पनि बताए ।

    सांसद आलेमगरले भने, ‘केही दिनअघि प्रतिनिधिसभा विघटनलाई जष्टिफाई गर्ने कुराहरु पनि भए। हुन त हरेक कुराको सन्दर्भ हुन्छ । त्यसको औचित्य र उपाधेयता पनि हुन्छ। त्यो घटना बितिसकेको छ। तर यहाँ उठेको हुनाले मैले केही कुरा गर्न चाहेँ। कुरा सुन्दा कस्तो लाग्यो भने आफ्नो घरमा घरका सदस्यहरु बीच झगडा भयो। घरमुलीले आफूसमेत भएको साझा घर भत्काईदियो । आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडाको पो मिलाउने होला । त्यो झगडा मिलाएको पो त्यो घरमा बस्ने होला । आफूसमेत बस्ने साझा घर भत्काएर त आफ्नो घर कसरी बन्छ होला । जे जे भएपनि त्यो सन्दर्भ बिर्सिसकेको अवस्था थियो । त्यो नकोट्याएको भए हुन्थ्यो।'

    त्यस अवसरमा सांसद आलेमगरले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा इमान्दार भएर लाग्न पनि कर्मचारीतन्त्रलाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट