Sep 08 2024 | २०८१, भदौ २३ गते

जसपा नेपालको जारी महाधिवेशनमा बन्द सत्र सुरु, अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

जसपा नेपालको जारी महाधिवेशनमा बन्द सत्र सुरु, अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
  • जसपा नेपालको जारी महाधिवेशनमा बन्द सत्र सुरु, अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको हिजोदेखि सुरु एकता महाधिवशेनमा आजबाट बन्द सत्र सुरु भएको छ ।

    images
    images

    बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्दैछन् । यादवको प्रस्तावमाथि विभिन्न समूहले छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए । अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल लगत्तै लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले लेखापरीक्षणको प्रस्ताव पेस गर्ने छन् । पार्टी विभाजन भएको केही दिनमै जसपा नेपालले महाधिवेशनको आयोजना गरेको हो ।

    महाधिवेशन जनकपुरमा हिजोदेखि जारी छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

    महाधिवेशनले अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष एक गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्ने सुमनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट