Sep 08 2024 | २०८१, भदौ २३ गते

जसपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

जसपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • जसपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

    जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।  नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको हो ।

    images
    images

    तीन दिनदेखि जारी अधिवेशनमा अहिले मनोनयन पत्रमाथि दाबी विरोधको समय छ । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, सह अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् । उम्मेदवारी परेपछि केही पदमा सहमतिको प्रयास गरिने र नभए निर्वाचन गराउने जसपाको तयारी छ ।

    सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपरान्हदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ । यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ । 

    यसैगरी मनोनयन पत्र फिर्ता लिनका लागि साढे ११ बजेदेखि अढाइ (२ः३०) बजेसम्मको कार्यतालिका  निर्वाचन समितिले सार्वजनिक गरेको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने ३ बजे गर्ने कार्यतालिका रहेको छ । यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट