Sep 08 2024 | २०८१, भदौ २३ गते

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।

    images
    images

    जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए।

    उनका अनुसार, महाधिवेशनको दोस्रो दिन बुधबार बिहानदेखि उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयमा अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको सुमनले जानकारी दिए।

    त्यस्तै, सहअध्यक्षमा भने तीन जनाको उम्मेदवारी परेको छ। रकम चेम्जोङ, लालबाबु राउत र राजकिशोर यादवले सहअध्यक्षमा उम्मेदवारी दिएका छन्।

    जसपाका नेपालको महाधिवेशन जेठ २८ गते शुरू भएको थियो। आज नेतृत्व चयनका लागि निर्वाचनको कार्यक्रम तय गरिएको छ। अन्य पदमा भने निर्वाचन हुन सक्ने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट