Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री लामिछाने

प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री लामिछाने

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बन्यो : गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । 

    images
    images

    बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए । व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अंगाल्न नसकेको उनको तर्क थियो । तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको धारणा राखे ।  

    "प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरूलाई लिएर धेरै जिज्ञासाहरू छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बदनाम गराउने काम गरेको छ । त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङस्थल भएको छ । तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा," उनले भने ।

    गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट