Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • कांग्रेसलाई सरकारमा जान हतार छैन : नेता कोइराला

    काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।

    images
    images

    नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल बैङ्क लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा गरी आठवटा सरकार २३ पटक परिवर्तन भएको बताए ।

    वरिष्ठ नेता कोइरालाले भने, “राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हासिल गर्न सकिँदैन ।” मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने उनको भनाइ छ ।

    वरिष्ठ नेता डा कोइरालाले राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “कांग्रेस अहिले विपक्षमा रहेकाले प्रमुख प्रतिपक्षको भूमिका खेलिरहेको छ । सरकारमा जान हामीलाई कुनै हतार छैन ।”

    सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषय छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने बताउँदै वरिष्ठ नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनःविचार गर्न आवश्यक रहेको धारणा राखे ।

    उनले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैङ्क लिमिटेडको भविष्य उज्ज्वल रहेको बताए ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले केही वर्षअघिसम्म पुरानो ढर्राबाट सञ्चालित नेपाल बैङ्क लिमिटेडले पछिलो समय अत्याधुनिक र समयसापेक्ष प्रविधिसहित सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउन सफल भएको प्रतिक्रिया दिए ।

    सांसद सरिता प्रसाईंले मुलुकको लोकतन्त्र स्थापनामा वित्तीय सङ्घ÷संस्थालगायत क्षेत्रमा कार्यरत कर्मचारीको योगदान रहेका घटना सुनाउँदै बैङ्कमा पुरानाको अनुभव र नयाँको उत्साहलाई संयोजन गरी सेवाप्रवाहलाई सरल, सहज र सुलभ तुल्याउन आवश्यक रहेको बताए ।

    बैङ्कका महाप्रबन्धक तिलकराज पाण्डेले जनविश्वासका कारण बैङ्कको पूँजी रु १८ अर्ब रहेको, निक्षेप सङ्कलन रु दुई सय ७० अर्ब पुगेको तथा रु दुई तीन अर्ब लगानी पुगेको जानकारी दिए । 

    आयोजक संस्था नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष जीवराज ढकाल, महासचिव सुरेन्द्र विष्टलगायत विभिन्न ट्रेड युनियनका प्रमुख एवं पदाधिकारीले राष्ट्रिय पूँजी निर्माण गर्न र बैङ्कको संरक्षण गर्न युनियनले प्रतिपक्षका रुपमा खबरदारी गरिरहेको बताए।

    बैङ्कको निक्षेप बढे पनि लगानीको अवस्था कमजोर रहेको बताउँदै उनीहरुले स्थिरता र समृद्धिका लागि राजनीति नभई अर्थनीति पनि सुदृढ हुन आवश्यक रहेको धारणा राखे । अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वक चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट