Sep 08 2024 | २०८१, भदौ २३ गते

एमाले गुल्मी अधिवेशन : नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुँदै 

एमाले गुल्मी अधिवेशन : नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुँदै 

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३१ २०८१
  • एमाले गुल्मी अधिवेशन : नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन हुँदै 

    गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले गुल्मीको १२ औं जिल्ला अधिवेशन मंगलबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा चलिरहेको छ। तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित एमाले बाह्रौं जिल्ला अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो।  

    images
    images

    नयाँ नेतृत्वका लागि मतदानसमेत इन्द्रेणी पार्टी प्यालेसमै हुने निर्वाचन कार्यक्रमको सूचनामा उल्लेख गरिएको छ। १२ औं अधिवेशनका लागि जिल्लाका ९३ वटाबाट प्रतिनिधि छनोट भएर तम्घासमा आएका छन्।

    त्यस्तै अधिवेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि रहेपनि कार्यक्रममा ६१३ जना प्रतिनिधि सहभागी  छन्। अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ। जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ। गुल्मीमा १० हजार बढी संगठित सदस्य रहेको पार्टीले जनाएको छ। 

    अधिवेशनमा नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली,सचिव गोकर्णराज विष्ट लगायत केन्द्र र प्रदेशका केही नेता गुल्मीमै छन्। जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष बालसिंह काउछा र लुम्बिनी प्रदेश सदस्य हिरा अर्याल क्षत्री (एसी)आकांक्षी देखिएका छन्। त्यस्तै उपाध्यक्षमा चेतन बहादुर बस्नेत,जीवन खरेल र गणेश श्रीपाली रहेका छन्। पार्टीको जिल्ला सचिवमा धर्म विश्वकर्मा,पदमप्रसाद अर्याल,गोविन्द गौतम आकांक्षी देखिएका छन्।

    निर्वाचनमा पदाधिकारीबीचमा कडा भिडन्त हुने अधिवेशन प्रतिनिधिहरूले बताएका छन। ‘विभिन्न चरणमा छलफल र सहमतिको प्रयास जारी भएपनि एक अर्काले दाबी नछोडेपछि निर्वाचनमा पुग्नु परेको एमालेका एक नेताले बताए। यसैबीच,अध्यक्ष लगायत पदका आकांक्षीहरूले अधिवेशन प्रतिनिधिहरूसँग भेटघाट र मत माग्न सुरु गरिसकेका छन्।

    यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नै नेतृत्व चयन हुने देखिएको छ। नेताहरू पनि आफू पक्षका कार्यकर्तालाई उम्मेदवार बनाउने र जिताउने रणनीतिमा सक्रिय बनेका छन्। कतिपयले यो निर्वाचनलाई नेताहरूको शक्ति परीक्षणको रूपमा पनि हेरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट