images

Jul 24 2024 | २०८१, साउन ९ गते

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
  • एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

    गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा  निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले तीन सय ८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका हुन् । 

    images

    यसैगरी जिल्ला  उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् । 

    गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए ।

    अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार