Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रचण्डलाई कांग्रेसको प्रश्न - जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ?

प्रचण्डलाई कांग्रेसको प्रश्न - जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ३२ २०८१
  • प्रचण्डलाई कांग्रेसको प्रश्न - जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ?


    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेतामाथि गरिएको आरोप सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को जवाफ माग गरेको छ । कांग्रेसले भारत भ्रमणको सम्बन्धमा समेत प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

    images
    images

    शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्को आगामी बैठकमा प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् । 
    ‘केही समय पहिले गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लाञ्छनायुक्त अभिव्यक्ति दिनुभएको थियो । यसमा हामीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छौँ । प्रधानमन्त्री धेरै दिनदेखि संसद्‌मा आउनु भएको छैन । तयारी चलिरहेर हो कि ? जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ?,’ लेखकले प्रश्न गरे । जेठ ६ गते संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट संसदमा रहेको बताएका थिए ।

    कांग्रेसले सरकार प्रमुख र राष्ट्र प्रमुखले विदेश भ्रमण गर्दा संसद्लाई जानकारी गराउने स्थापित परम्परालाई अहिले तोडिनु संसदीय सर्वोच्चताको अपमान भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथमा प्रधानमन्त्री सहभागी हुनुभयो, धन्यवाद छ । सबै कुरो गर्दा हाम्रै सदनलाई बिर्सनु भयो कि ? हाम्रो संसदीय अभ्यास र परम्परा छ । कुनै पनि मित्रराष्ट्र भ्रमणमा जानुभन्दा पहिला जानकारी गराउने गरिएको थियो’ लेखकले भने, ‘फर्केर आउनु भएको ५ दिन पूरा हुँदा समेत यो सदन बेखबर छ । कांग्रेस संयमतापूर्वक र धैर्यतापूर्वक कुरेर बसेका थियौ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट