Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी 

संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी 

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २ २०८१
  • संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो : चित्रबहादुर केसी 

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।  आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।  

    images
    images
    images

    संघीय शासन प्रणालीको नौ वर्षको व्यवहारिक अनुभवबाट मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको अध्यक्ष केसीको भनाई थियो । उनले शासकहरूको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे ।

    अध्यक्ष केसीले संघीयताको सुदृढीकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए । अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताए । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट