Sep 21 2024 | २०८१, असोज ५ गते

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ३ २०८१
  • प्रतितोला छ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । 

    images
    images

    आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४२ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।

    त्यस्तै, चाँदी आज प्रतितोला रु एक हजार आठ सय निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार