images

Jun 26 2024 | २०८१, असार १२ गते

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
  • ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

    काठमाडौँ । मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ ।  माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल चार दिनसम्म चलेको हो । 

    images
    images

    जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको प्रतियोगिताका संयोजक मिलन बम ठकुरीले जानकारी दिए । 

    खेलमा ‘बेस्ट किपर’ अवार्ड भने सनसाइन स्कुलका सुशन खत्रीले पाएका छन् । त्यस्तै, ‘बेस्ट प्लेयर’ अवार्ड समृद्दि स्कुलकै सौगात राना मगरले पाएका छन् । 

    खेलमा देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका विद्यार्थीहरूबाट कुल ९० वटा समूह सहभागी भएका थिए ।

    कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा आयोजना भएको यस वर्षको प्रतियोगितामा सुर्खेत, जुम्ला, बाजुरालगायत देशैभरबाट सहभागिता रहेको थियो ।

    एसईई दिएर बसिरहेका विद्यार्थीहरूको सहभागिता रहेको यो प्रतियोगिता देशकै सबैभन्दा ठूलो माध्यमिक तहस्तरीय प्रतियोगितासमेत रहेको मिलनले बताए ।

    प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार