Sep 08 2024 | २०८१, भदौ २३ गते

मन्त्रिपरिषद्‌ पुनर्गठनको तयारीमा प्रधानमन्त्री

मन्त्रिपरिषद्‌ पुनर्गठनको तयारीमा प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
  • मन्त्रिपरिषद्‌ पुनर्गठनको तयारीमा प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेगरी उनले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ । स्विट्जरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल बर्लिन पुगेका छन् । उनी बुधबार नेपाल फर्किनेछन् ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरिरहेका छन् । यद्यपि, एमाले आफ्ना मन्त्री फिर्ता लिन तयार भइसकेको छैन ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति स्वदेश फिर्ता भएलगत्तै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेकोमा एमालेले कुन मन्त्रीलाई फिर्ता बोलाउने भन्ने निर्णय नगरेकाले मन्त्रिपिरिषद्‌ पुनर्गठनको समय केही लम्बिनसक्ने स्रोत बताउँछ ।

    स्रोतका अनुसार प्रधानमन्त्रीले मा‌ओवादी र एमालेका एक(एक जना मन्त्री हटाएर जनमतका अध्यक्ष सीके राउत र राष्ट्रिय उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेका छन् । माओवादीबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आउट हुनसक्ने सम्भावना प्रवल रहेको प्रधानमन्त्री निकट स्रोतको दावी छ । एमालेले भने आफ्ना मन्त्री फिर्ता लिने निर्णय गरिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट