Sep 08 2024 | २०८१, भदौ २३ गते

गृहमन्त्रीलाई कांग्रेस सांसद राणाको प्रश्नः सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

गृहमन्त्रीलाई कांग्रेस सांसद राणाको प्रश्नः सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ४ २०८१
  • गृहमन्त्रीलाई कांग्रेस सांसद राणाको प्रश्नः सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनी प्रश्न गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।  

    images
    images

    सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरेपनि सो अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरूको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराए । सांसद राणाले बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने सुझाव सरकारलाई दिए । उनले भन, ‘यो बजेट कसको ? जनता कि सरकारको ? जनताको हो भने हामी सांसदहरु, हामी विपक्ष दलका सांसदहरु मात्रै होइन, सत्ता पक्षका सांसदहरुले पनि हाम्रो क्षेत्रमा कति बजेट  प-यो भनेर रातो किताब किन कुर्नुपर्ने ? हामीलाई यो भन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ ? सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने ? त्यो आधारमा बजेट किन अघि बढ्न नसक्ने रु किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने ?हामीहरू भनेको जनताको प्रतिनिधिहरू पनि हो । अब आउने दिनमा ओपन बजेटको कन्सेप्टमा हामीले जनता कहाँ पनि सुझाव लिनुपर्ने हुन्छ । अन्तिममा मेरो प्रश्न गृहमन्त्रीज्युलाई । तपाईलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो । गृहमन्त्रीज्यू यो नारा कहाँ गयो ? ’

    सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट