Sep 08 2024 | २०८१, भदौ २३ गते

सांसद खतिवडाको प्रश्न - पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ ?

सांसद खतिवडाको प्रश्न - पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ ?

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • सांसद खतिवडाको प्रश्न - पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गर्न मिल्छ ?

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन्।

    images
    images

    बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नविकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नविकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन ? भन्नेबारे सरकारको जवाफ माग गरेका हुन्।

    उनले राज्यले सोबारेमा के सोचेको छ ? भन्ने उनको प्रश्न थियो। उनले संविधानतः पार्टी सदस्यता नविकरण गर्न पाइन्छ कि पाइँदैन ? भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए।

    उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नविकरण गरेको समाचार सुन्नमा आयो। पार्टीको सदस्य नविकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्योबारे के सोचेको छ। सरकारले त्यसको जवाफ दिओस्।'

    उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कानूनी प्रक्रिया नपुर्‍याईकन नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्तिसमेत जनाए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट