Sep 08 2024 | २०८१, भदौ २३ गते

कांग्रेसभित्र महिलालाई अन्तरघात गर्ने प्रवृत्ति छ : सभापति देउवा

कांग्रेसभित्र महिलालाई अन्तरघात गर्ने प्रवृत्ति छ : सभापति देउवा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
  • कांग्रेसभित्र महिलालाई अन्तरघात गर्ने प्रवृत्ति छ : सभापति देउवा

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र महिलालाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन्।

    images
    images

    लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए।

    उनले भने, ‘महिलाहरूलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ। यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु। साथै, अहिले महिलाहरूको अधिकारका लागि, समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै आवाज उठेको छ। त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत भइसक्नुभयो। विद्या भण्डारीजी दुईपटक राष्ट्रपति हुनुभएको छ। भोलिका दिनमा पनि यस्तै ठाउँहरू महिलाहरूले पाउनु हुनेछ। महिलाहरुले त्यस किसिमको योग्य, सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ।’ यस्तै, नेपालीको राजनीतिक परिवर्तनमा महिलाहरूको अग्रणी भूमिका रहेका रहेको पनि बताए।

    उनले भने, ‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ। नेपालीको राजनीतिक परिवर्तनमा र भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भूमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरूलाई समावेशी, समानुपातिकको रुपमा महिलाहरूलाई ठाउँ दिइएको छ। त्यसले गर्दा महिलाहरूको भूमिका अझ बढी प्रभावकारी र सशक्त हुने कुरामा मलाई विश्वास छ।’

    निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्ने सन्दर्भमा नहार्ने खालको तयारीका साथ महिला सशक्तिकरणको अभियान अघि बढाउनुपर्ने पनि उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट