images

Jul 08 2024 | २०८१, असार २४ गते

खातामा स्थायी लेखा नम्बरअद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बरअद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ७ २०८१
  • खातामा स्थायी लेखा नम्बरअद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

    काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दे अध्यावधिक गराउन अनुरोध गरेको हो ।

    images
    images

    खाताबाट गरिएको करकट्टीको विवरण " आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अध्यावधिक गर्न बैंकले भनेको हो । बैंकको पोर्टल panupdate. nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप ( NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी आफ्नो प्यान अद्यावधिक गर्न सकिने पनि बैंकले जनाएको छ ।

    साथै, आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने उल्लेख छ ।

    बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ । 'उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहक महानुभावले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहक महानुभावहरुमा जानकारी गराउँदछ ।' बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    साथै, बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट