images

Jul 01 2024 | २०८१, असार १७ गते

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
  • पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

    काठमाडौं । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा गर्मीबाट ५०० भन्दा बढीको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका जनता प्रभावित भएका छन् ।

    images
    images

    ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर, पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार एकैदिन १४१ जनाको शव ल्याइएको थियो । गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको बीबीसीले जनाएको छ ।

    कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो महसुस भएको छ । बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराँचीका जनताको लागि ठूलो समस्या हो । कराँची पाकिस्तानको एक मात्र सहर हो, जुन गर्मीसँग संघर्ष गरिरहेको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना कराँचीमा ५२.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट