images

Jul 08 2024 | २०८१, असार २४ गते

ग्वार्को फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा 

ग्वार्को फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार २० २०८१
  • ग्वार्को फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा 

    काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन नेपालकै पहिलो ओभरपास (फ्लाइओभर)को काम ८० प्रतिशत सकिएको छ ।

    images
    images

    निर्माण व्यवसायीबाटै परियोजनाको सर्भे, डिजाइनिङदेखि निर्माण कार्यसमेत सम्पन्न गर्नेरी धमाधम काम भइरहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नरेश शाक्यले जानकारी दिए ।  मनसुनले अवरोध नगरे असारभित्र काम सम्पन्न गर्ने र साउनदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

    उपत्यकाको सबैभन्दा बढी जाम पर्ने ग्वार्कोमा जाम हटाउन ओभरपास निर्माण गरिएको सडक विभागले जनाएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।

    बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्रयाकमा सञ्चालन गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट