images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

मेटलाइफ नेपालद्वारा धनपालथान नगरपालिकाको प्राकृतिक हरियाली पुनर्जीवित गर्न जीवन विकास समाज संग साझेदारी  

मेटलाइफ नेपालद्वारा धनपालथान नगरपालिकाको प्राकृतिक हरियाली पुनर्जीवित गर्न जीवन विकास समाज संग साझेदारी  

एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार २३ २०८१
  • मेटलाइफ नेपालद्वारा धनपालथान नगरपालिकाको प्राकृतिक हरियाली पुनर्जीवित गर्न जीवन विकास समाज संग साझेदारी  

    काठमाडौं । मेटलाइफ नेपालले गर्वका साथ आफ्नो दिगोपन पहलहरू अन्तर्गत, धनपालथान नगरपालिकालाई जीवन्त हरियो ठाउँमा रूपान्तरण गर्न जीवन विकास समाजसँगको साझेदारीको घोषणा गरेको छ । यस सहकार्य भित्र, मेटलाइफले पूर्वी नेपालको धनपालथान गाउँको कुर्सियादेखि लालियासम्म बिरुवा रोप्ने प्रतिबद्धता जनाएको छ, जसले त्यहाँका बासिन्दाहरू र आगन्तुकहरूलाई रमाइलो गर्नका लागि हरित कोरिडोर सिर्जना गरेको छ । 

    images
    images
    images

    सडक छेउको हरियाली परियोजनाले त्यहाको वातावरणलाई अझै सुन्दर बनाउने छ र पारिस्थितिक सन्तुलन बढाउन, हावाको गुणस्तर सुधार गर्न र स्थानीय समुदायका लागि हरियो ठाउँहरू सिर्जना गर्ने जस्ता वातावरणीय फाइदाहरू प्रदान गर्दछ ।

    मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, “हामी जीवन विकास समाजसँग यस वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाउँदा उत्साहित छौं । यस पहलले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने ग्लोबल सस्टेनेबिलिटी प्रतिबद्धतामा योगदान गर्दै वातावरणीय व्यवस्थापन र सामुदायिक संलग्नताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ ।“

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार