Sep 20 2024 | २०८१, असोज ४ गते

नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सांसद शर्माको माग

नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सांसद शर्माको माग

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १३ २०८१
  • नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सांसद शर्माको माग

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले वर्तमान सत्ता गठबन्धनले विगतका गठबन्धनभन्दा कसरी फरक रुपमा काम गर्छ भनेर सबैले चासो लिएको बताएका हुन् । 

    images
    images

    संविधान संशोधनको सहमतिसहित गबन्धन बनेको उल्लेख गर्दै सांसद शर्माले नागरिकका मनमा उठेका प्रश्नको जवाफ सरकार र वर्तमान सत्ता गठबन्धनले दिनसक्नुपर्ने बताए । सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमतिको इमानदारिताका साथ पालना गर्नुपर्ने उनको भनाइ थियो । विकास निर्माण, आर्थिक समृद्धि, सुशासन, सहज सेवा प्रवाहलगायत कुरामा यसअघिका सरकार किन असफल भए भन्ने विश्लेषण गरेर अहिलेको सरकारले संरचनागत सुधारसहितका काम गर्नुपर्नेमा सांसद शर्माले जोड दिए । 

    “प्रतिपक्षी दलबाट प्रश्न उठ्नु भनेको विरोधका लागि मात्रै नभई त्यसरी उठेका प्रश्नप्रति सरकार जवाफदेही हुनुपर्छ”, उनले भने । अहिले नागरिकले सरकारबाट चाहिरहेका विभिन्न सुधारका बुँदा उनले संसदमा प्रस्तुत गरे । हवाई र सडक सुरक्षाका लागि कानुन तर्जुमा गर्ने, सेवा प्रवाहमा सहजता ल्याउने, ठूला परियोजनाको काममा शीघ्रता तथा पुँजीगत खर्च बढाउने सवालमा अहिलेको सरकारले कसरी काम गर्छ भनेर नागरिकस्तरमा चासो रहेको सांसद शर्माको भनाइ थियो । 

    यसैगरी स्वास्थ्य बीमाका अप्ठेरा हटाएर सबै नेपाली नागरिकलाई बीमाको दायरामा ल्याउनुपर्ने, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने, बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने, रङ्गशाला निर्माण गर्नेलगायत विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने सांसद शर्माको भनाइ छ । कोभिड–१९ महामारीपछि हालसम्म खुल्न नसकेको काँकडभित्ता नाका पुनः सञ्चालनमा ल्याइनुपर्ने, सुकुम्वासी र भूमिहीनका समस्या समाधान गर्नुपर्ने, सङ्घीयतालाई बलियो र जनमुखी बनाउनुपर्ने, विद्यालय शिक्षा विधेयक चाँडो ल्याइनुपर्ने तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गम्भीर भएर काम गर्नुपर्ने सांसद शर्माले उल्लेख गरे। संविधान संशोधनबारे  नागरिकस्तरमा चासो बढेको उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट